+
+

नयाँ दलको टाउकोमै समस्या छः गगन थापा

महामन्त्री थापाले भने, ‘समस्या सबै दलमा छ । नयाँ भनेर आएको दलमा टाउकोमै समस्या छ । समस्या जताततै छ । आफ्नो घरभित्रका फोहोरहरू सफा गर्नुपर्नेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १७:४९

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नयाँ दलमा मूल नेतृत्वमै समस्या रहेको बताएका छन् ।

कीर्तिपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले दलहरूमा समस्या रहेको र नयाँ दलमा भने टाउकोमै समस्या रहेको टिप्पणी गरे ।

महामन्त्री थापाले भने, ‘समस्या सबै दलमा छ । नयाँ भनेर आएको दलमा टाउकोमै समस्या छ । समस्या जताततै छ । आफ्नो घरभित्रका फोहोरहरू सफा गर्नुपर्नेछ ।’

मिसन ८४, मिसन ८४ को रटान लगाउनुको कुनै अर्थ नभएको थापाले बताए । ‘हामी अहिले के गरिरहेका छौं? एउटा चुनाव लड्छौं, जित्छौं । त्यसपछि हामी अर्को चुनावको सपना देख्न थाल्छौं’ महामन्त्री थापाले भने, ‘२०८४ छोडिदिनुस् । २०८१/८२/८३/८४ कसले लिन्छ? नेपाली कांग्रेस जिम्मा लिन चाहन्छ ।’

अस्पताल मात्रै बनाएर सबै नागरिकको उपचार गरिदिन्छु भन्नु मूर्खता हुने थापाले बताए । ‘त्यो सम्भव छैन । विकसित देशले त सक्दैन, हामीले सक्दैनौं । यसका लागि स्थानीय सरकारले काम गर्नुपर्ने तरिका बदल्नुपर्नेछ’ थापाले भने, ‘स्थानीय सरकारले अस्पताल धेरै बनाउने होइन । स्थानीय सरकारले मेरा नागरिक अस्पताल नजाऊन भन्नुपर्दछ । स्थानीय सरकारले भान्सामा काम गर्ने हो ।’

कांग्रेसले कीर्तिपुरको प्रमुख पदमा उठाएका कृष्णमान डंगोल बेदाग रहेको थापाले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?