+

सञ्चालन अनुमति लिएका २० ठूला अस्पतालमा शय्या कति ? (सूचीसहित)

२०८१ मंसिर  १३ गते १८:२९ २०८१ मंसिर १३ गते १८:२९
सञ्चालन अनुमति लिएका २० ठूला अस्पतालमा शय्या कति ? (सूचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । निजी मेडिकल कलेज तथा अस्पतालहरुले अनुमति विना नै धेरै शय्या सञ्चालन गरेको उजुरी तथा गुनासो आएपछि मन्त्रालयले शय्या सार्वजनिक गरेको हो ।

मन्त्रालयले तीन सय शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजले सञ्चालन गरेका अस्पतालहरुको शय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरेका स्वास्थ्य संस्थाहरुमा १८ वटा निजी र दुईवटा सरकारी छन् ।

मन्त्रालयसँग अनुमति प्राप्त गरेकामध्ये सबैभन्दा धेरै शय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेजको छ । कलेजसँग ५०० शय्या क्षमता छ । मन्त्रालयसँग ४०० शय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ ।

लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेसन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले ४०० शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालले भने ३०० शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए नभएको अनुमगनको तयारी गरिरहेको छ । क्षमताभन्दा बढी शय्या सञ्चालन भए न भएको तथा बढी क्षमताबारे प्रचार भए नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

अस्पताल शय्या स्वास्थ्य मन्त्रालय
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रक्तचाप नाप्न कुन उपकरण सही ?

रक्तचाप नाप्न कुन उपकरण सही ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?

रेजिडेन्ट डाक्टर हुँदा घर नफर्किएका ती तीन वर्ष

रेजिडेन्ट डाक्टर हुँदा घर नफर्किएका ती तीन वर्ष

ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?

ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?