+
+

ऐश्वर्या रायले आफ्नो थरबाट ‘बच्चन’ हटाएकी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १९:२७

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या रायको दुबई कार्यक्रमको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनको नामको अगाडि ‘बच्चन’ थर जोडिएको छैन । भिडियो सार्वजनिक भएसँगै ऐश्वर्या र अभिषेक बच्चनले साँच्चै डिभोर्स गरेका हुन् कि भन्ने अड्कलबाजी बढेको छ ।

सार्वजनिक भिडियोमा फ्यानले विभिन्न खालका टिप्पणी गरिरहेका छन् । एक प्रयोगकर्ता लेख्छन्- ‘उनलाई आफ्नो नामको साथ कुनै थर चाहिँदैन । उनी एक्ली ऐश्वर्या राय हुन् ।’ अर्का प्रयोगकर्ता लेख्छन्- ‘बच्चन बिना उनको आफ्नै पहिचान छ ।’

ऐश्वर्याको इन्स्टाग्राम पेजमा उनले अझै पनि ‘बच्चन’ थरको प्रयोग गरेकी छन् । थर हटाइएको भिडियोले उनको सम्बन्ध विच्छेदको खबरलाई पुष्टि नगर्ने रिपोर्ट बताउँछन् । दुबईमा भएको यो कार्यक्रममा व्यावसायिक कारणले अभिनेत्रीको पहिलो नाम प्रयोग गरिएको हो ।

ग्लोबल वुमन फोरमको कार्यक्रममा सहभागी हुन उनी दुबई पुगेकी थिइन् । त्यहाँ उनले महिला सशक्तिकरणजस्ता विषयमा कुरा गरिन् । उनले सम्बन्धविच्छेदको खबरमा मौनता कायम राखेकी छन् ।

ऐश्वर्या-अभिषेकको सम्बन्धविच्छेदको खबरको चर्चाबीच अमिताभ बच्चनले हालै आफ्नो ब्लगमा आफ्नो पारिवारिक र व्यक्तिगत समस्या सेयर गरेका थिए । उनले लेखेका थिए, ‘परिवारबारे कुरा गर्नबाट म जोगिन्छु । तर, केही मान्छेले आफ्नो फाइदाका लागि यस्तो कुरा गर्छन् ।’

ऐश्वर्याले छोरी आराध्याको १३ औं जन्मदिनको सेलिब्रेसनको तस्वीर यस पोस्टको एक दिनअघि राति सेयर गरिन् । आराध्याको जन्मदिन नोभेम्बर १६ मा थियो । जुन सेलिब्रेसनमा बच्चन परिवारका कोही पनि सदस्य सहभागि भएनन् ।

जुलाईमा अभिषेक बच्चन आफ्नो परिवारसँग अनन्त-राधिकाको विवाहको हिस्सा थिए । अभिषेकको सम्पूर्ण परिवार रेड कार्पेटमा उपस्थित थियो, यद्यपि ऐश्वर्या र छोरी आराध्या त्यो समयमा उनीसँग थिएनन् ।

अभिषेक आइपुगेको केही समयपछि ऐश्वर्या छोरीसँग रेडकार्पेटमा पुगिन् र पापाराजीका लागि पोज दिइन् । छुट्टाछुट्टै इन्ट्री लिनुका साथै बिहेको सम्पूर्ण अवधिमा उनीहरु सँगै देखिएनन् । यसपछि ऐश्वर्या राय आफ्नी छोरीसँग छुट्टी मनाउन गइन्, त्यसबेला पनि अभिषेक उनीसँगै थिएनन् ।

केही दिनअघि अभिषेक र अभिनेत्री निमृत कौरको सम्बन्धको खबर आएको थियो । यसबारे अभिनेता निकट स्रोतले यी सबै कुरा अफवाह मात्र भएको बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?