+

विराटनगरबाट खेल्न आकिब र सोल नेपाल आइपुगे

२०८१ मंसिर  १३ गते २०:३१ २०८१ मंसिर १३ गते २०:३१
विराटनगरबाट खेल्न आकिब र सोल नेपाल आइपुगे

१३ मंसिर, काठमाडौं । आगामी शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सबाट खेल्न थप दुई विदेशी खेलाडीहरू नेपाल आइपुगेका छन् ।

ओमानका आकिब इलियास र स्कटल्याण्डका क्रिस सोल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । उनीहरूलाई विराटनगरका टिम अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलस किर्टन र अफगानिस्तानका इस्मत आलम छन् ।

यसअघि आजै  किर्टन र गप्टिल पनि पनि काठमाडौं आइसकेका छन् । प्रशिक्षक केभिन ओ ब्रायन केही दिनअघि नै नेपाल आइसकेका छन् ।

विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने छन् ।

विराटनगरले पहिलो खेलमा उद्घाटनकै दिन मंसिर १५ गते जनकपुर बोल्ट्ससँग खेल्ने छ ।

आकिब इलियास क्रिस सोल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय