+
+

५ प्राविधिक एसपी एसएसपी बढुवामा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १२:१३

१४ मंसिर, काठमाडौं । नेपाल प्रहरीका पाँच प्राविधिक उपरीक्षक (एसपी) हरू वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

स्वास्थ्य उपसमूहको चिकित्सकतर्फका चार र इन्जिनियरतर्फको सूचना प्रविधिमा एक गरी पाँच जनालाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको हो ।

चिकित्सकतर्फ बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालको रेडियोलोजी शाखामा कार्यरत डा. केदार खड्गी, मेडिसिन शाखामा कार्यरत डा. छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा. पवनकुमार राय र प्रहरी अस्पताल महाराजगञ्जको डेन्टल शाखामा कार्यरत डा. सुवर्ण कुँवर छन् ।

त्यसैगरी सूचना प्रविधितर्फका एसपी श्यामकुमार मण्डललाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको छ । उनी प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?