+
+

बागमतीमा छाडियो मेलम्चीको पानी

रासस रासस
२०८१ मंसिर १४ गते १२:५८
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।

आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

‘बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ, बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ,’ लामिछानेले भने ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?