+
+

अस्ट्रेलियामा रिलिज भयो ‘ह्रस्व दीर्घ’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १४:११

सिड्नी । फिल्म ‘ह्रस्व दीर्घ’ बिहीबारदेखि अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शन भएको छ । अस्ट्रेलियाको  इभेन्ट सिनेमाज, युनाइटेड सिनेमाज र भिलेज सिनेमा हलमा रिलिज भएको छ ।

नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा  नीता ढुङ्गाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कबीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चlता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारको अभिनय छ ।

फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई बलिउडका सिनेम्याटोग्राफर कबीरलालले खिचेका हुन् ।

‘ह्रस्व दीर्घ’ तेलुगु र हिन्दी भाषामा समेत रिलिज गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?