+

क्यान सचिव पारसको आग्रह- पासका लागि फोन नगरौं, टिकट नभए घरबाटै हेरौं

२०८१ मंसिर  १४ गते १४:२८ २०८१ मंसिर १४ गते १४:२८
क्यान सचिव पारसको आग्रह- पासका लागि फोन नगरौं, टिकट नभए घरबाटै हेरौं

१४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको उद्घाटन खेलको टिकट सबै बिक्री भइसकेकाले टिकट नहुनेले घरबाटै खेल हेर्न आग्रह गरेका छन् ।

एनपीएलको पहिलो म्याचका टिकट र भीआईपी पास सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा समन्वय गरिदिन अनुरोध गरेका हुन् ।

त्यसैगरी खेलको लागि टिकट नभएकाहरूले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न अनुरोध गरेका छन् ।

‘भोलिको पासका लागि फोन वा सन्देश नगर्नु हुन हार्दिक अनुरोध गर्दछौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ। यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।

८ टिम सम्मिलित एनपीएल शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्ने‍ छन् ।

पारस खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय