+
+

काठमाडौंमा रविको आजको बयान सकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १६:०४

१४ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ गरेक लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।

सभापति लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने भएपछि हिजो साँझ र आज बिहानदेखि रास्वपाका नेता कार्यकर्ता जिल्ला सरकारी वकिलको कार्यालय माइतीघर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?