+
+

न्यायपरिषद् सदस्य श्रेष्ठको अवकाश

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १८:४०

१४ मंसिर, काठमाडौं । न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठले शुक्रबार अवकाश लिएका छन् । १५ मंसिर २०७७ मा न्यायपरिषद्को सदस्यमा नियुक्त भएका उनले चार वर्षे पदावधि पूरा गरी अवकाश लिएका हुन् ।

न्यायपरिषद्ले शुक्रबार परिषद्को सचिवालयमा एक कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरेको हो । कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश एवं न्यायपरिषद् सदस्य सपना प्रधान मल्ल लगायत उपस्थित थिए ।

अवकाशपछि अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्तासमेत रहेका श्रेष्ठले आगामी दिनमा मध्यस्थता लगायत कानुनी परामर्शको काममा सक्रिय रहेपनि न्यायालयमा बहस पैरवी नगर्ने बताए ।

लामो समय कानुनको अध्यापनमा सक्रिय रहेका श्रेष्ठ यसअघि पनि एक कार्यकाल न्यायपरिषद् सदस्य भइसकेका थिए । उनी दुवै कार्यकालमा नेपाल बार एसोसिएसनको सिफारिसमा परिषद्को सदस्य बनेका थिए ।

श्रेष्ठ अवकाश हुनुअघि नै न्यायपरिषद् सचिवालयले रिक्त पदमा नयाँ सदस्य सिफारिसका लागि नेपाल बार एसोसिएसनलाई पत्र पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?