+
+

सताक्षीधाममा शतबीज छर्ने भक्तजनको भीड

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १५ गते १८:३१

१५ मंसिर, काठमाडौं । पूर्वको प्रसिद्ध तीर्थस्थल सताक्षीधाममा बालाचतुर्दशीका दिन शतबीज छर्ने भक्तजनको भीड लागेको छ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै सताक्षी नदीमा दीप सेलाएर पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका हुन् ।

शतबीजमा धान, जौ, गहुँ र कागुनाे जस्ता अन्न सहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्म–मृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ ।

सताक्षीधाममा प्रमुख आकर्षणको केन्द्रका रूपमा नव निर्मित ५१ फिटको सवा करोड रुद्राक्ष जडित पार्थिव शिवलिंग छ ।

बिहानदेखि नै उक्त शिवलिंगको दर्शन गर्ने भक्तजनहरूको भीड देखिएको थियो । यहाँ रहेको झरना, विरेनुन पानी, दिगम्वेश्वर मन्दिर, सताक्षी देवीको मन्दिर, नवनिर्मित ८७ धारा लगायत स्थानहरूमा भक्तजनहरूले दर्शन गरेका छन् ।

सताक्षीधाममा सोमबारबाट लिंग महापुराण समेतको आयोजना गरिएको सोही दिन ५१ फुटका रुद्राक्षबाट जडित शिवलिंगको उद्घाटन गरिने सताक्षी गोलोक गोवर्धन गौशालाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाले उक्त अवसरमा नगरभरि बिदा गरेको छ ।

default
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?