+
+

ग्रामथानमा आजै मतगणनाको तयारी, मतगणनास्थल तयार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १०:३९

१६ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

उपनिर्वाचनअन्तर्गत मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरी मतगणना गर्ने तयारी गरिएको छ । जसका लागि मतगणनास्थल तयार गरिसकिएको छ ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतपेटिका संकलन हुनेछ । लगतै मतणना पनि सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए ।

मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर तुरून्तै गणना सुरू गर्ने तयारी भएको उनले बताए । उनका अनुसार दुईवटा टोली बनाएर मतणना गर्ने तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?