+
+

एनसेलको एनपीएल फ्यान प्याक : के-के छन् सुविधा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १२:३२

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एपीएल) फ्यान प्याक सार्वजनिक गरेको छ ।

शनिबारदेखि सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका खेलहरूलाई अझ रोमाञ्चक बनाउन एनसेलले सधैं अन, डेटा र भ्वाइस गरी तीन वटा आकर्षक एनपीएल फ्यान प्याक सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ ।

यी अफरहरू अन्तर्गत ग्राहकले अनलिमिटेड युट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल अवधिभरि अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् ।

साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध हुनेछ । यी प्याकहरू लिने ग्राहकले एनपीएलका खेलहरू प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्न पनि योग्य हुनेछन् ।

सधै अन प्याक अन्तर्गत ग्राहकले ३ सय ९९ रुपैयाँदेखि १ हजार ४ सय ९९ रुपैयाँसम्मको कुनै पनि प्याक खरिदमा ग्राहकले युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन् ।

यससँगै ग्राहकले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइन मार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन् ।

त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ ।  ग्राहकले ५० रुपैयाँमा १ दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् ।

१ सय २५ रुपैयाँमा ३ दिन, १ सय ९९ रुपैयाँमा ७ दिन र ९ सय ९९ रुपैयामा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सक्नेछन्  ।

भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनका लागि १ सय ४९ रुपैयाँ र २८ दिनका लागि ४ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ ।

कम्पनीका अनुसार सधैं अन, अनलिमिटेड डेटा प्याक र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहक एनपीएल खेलहरू मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् ।

यी प्याक किनेपछि ग्राहकले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’ मा जाने लिंक प्राप्त गर्छन् ।

एपमा गई ह्वील घुमाउँदा ग्राहकले एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० रुपैयाँ क्यासब्याक (१ दिनको समय सीमा), १ सय रुपैयाँ क्यासब्याक (१ दिनको समय सीमा) वा १०० अन–नेट एसएमएस (१ दिनको समय सीमा) पाउँन सक्छन् ।

त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीलाई चारवटा शैक्षिक सामग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?