+
+

चीन भ्रमणअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १३:३९

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आइतबार अपरान्ह पाँच बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले बताएको छ ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

प्रधानमन्त्री ओली भोलि (सोमबार) चीनको औपचारिक भ्रमणमा जाँदैछन् । त्यसअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजको बैठकले उनको भ्रमण स्वीकृत गर्नेछ ।

यसअघि प्रधानमन्त्री ओलीले हिजो (शनिबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर भ्रमणबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?