
१६ मंसिर, काठमाडौं । विद्रोही समूहले पकड जमाएपछि सिरियाको दोस्रो ठूलो शहर एलेप्पोबाट सरकारी सेना पछि हटेका छन् । उनीहरुले प्रत्याक्रमण गर्ने घोषणा गर्दै तत्काललाई अलेप्पोबाट फर्किएको बताएका छन् ।
गत बुधबारयता त्यहाँ लडाइँ चर्किंदा ३०० जनाको मृत्यु भएको बेलायतमा मुख्यालय भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले जनाएको छ । यो सिरियामा १३ वर्षदेखि जारी गृहयुद्धकै ठूलो मानवीय क्षतिमध्येको हो । सन् २०११ मा गृहयुद्ध सुरु भएयता करिब पाँच लाख मानिसले ज्यान गुमाइसकेका छन् ।
हाल चार विभागमा विभाजित सिरियामा कतै सरकारको र कतै सशस्त्र विद्रोही समूहको नियन्त्रणमा छ । ती विद्रोहीहरुलाई पनि विभिन्न देशहरुको समर्थन छ ।
पछिल्लो समय एलेपोमा इस्लामिक लडाकु समूह हायात तहरिर अल शामले आक्रमण गरेको थियो । यो समूहलाई टर्कीले साथ दिएको बताइन्छ । यस्तै रुस समर्थित समूहले इडलिबमा आक्रमण गरेको थियो । यो आक्रमण एक सय किलोमिटरको दायरासम्म फैलिएको छ ।
गत बुधबारको आक्रमणयता सरकारी सेनाले इडलिब र एलेप्पोमा कब्जा जमाएको थियो । तर अहिले फेरि एलेप्पोबाट सरकारी सेना फिर्ता भएको छ ।
प्रतिक्रिया 4