+
+

ग्रामथान अपडेट : पुरुषभन्दा धेरै महिलाले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १५:३३

१६ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा १६ हजार ४८२ जनाले मतदान गरेका छन् ।

अध्यक्षका लागि भएको उपनिर्वाचनमा दिउँसो ३ बजेसम्म जम्मा १६ हजार ४८२ जनाले मतदान गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान गर्ने मध्ये ८ हजार ७१२ जना महिला र ७ हजार ७७१ जना पुरुष छन् ।

ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । साँझ ५ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?