+
+

‘छक्कापञ्जा ५’को ‘ब्रेकअप सङ’लाई ३ करोड र ‘बिहे भाको छैन’लाई करोड भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १६:३३

काठमाडौं । यसवर्षको सुपरहिट फिल्म ‘छक्कापञ्जा ५’ले हलमा दर्शकको मन जित्यो । डिजिटल स्पेसमा पनि फिल्मका गीत र भिडियोले दर्शकको लोभलाग्दो साथ पाइरहेका छन् ।

विशेषगरि फिल्मका दुई गीतले युट्युवमा अझै पनि चर्चा बटुलिरहेका छन् । फिल्मका दुई गीत ‘ब्रेकअप सङ्’ र ‘बिहे भा’को छैन’ले युट्युवमा करोडौं भ्यूज पाइरहेका छन् ।

‘ब्रेकअप सङ्’लाई शनिबारसम्म ३ करोड ३ लाखभन्दा धेरै पटक हेरिएको छ । बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको गीत रिलिज भएदेखि नै चर्चा मा छ ।

फिल्मकै अर्को गीत ‘बिहे भा’को छैन’लाई पनि शनिबारसम्म १ करोड १४ लाख पटक हेरिएको छ । दशैं र तिहारसम्मै यी दुई गीतको वर्चस्व देखिएको थियो । ‘छक्कापञ्जा’ श्रृंखलाका सबै गीत करोड क्लबमा स्ट्रिमिङ भैरहेका छन् । निर्माणदेखि नै यो फिल्मका गीत दर्शकमाझ प्रतीक्षित हुनेगर्छन् ।

वितरक ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार ‘छक्कापञ्जा’को पाँचौं श्रृंखलाले अहिलेसम्म २० करोड हाराहारीमा कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?