+
+

नीर शाहलाई विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार दिइने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १६:५१

काठमाडौं । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले यसवर्षको विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ ।

आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कारको घोषणा गरिएको हो । नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान दिएबापत शाहलाई पुरस्कार दिने निर्णय गरिएको संस्थाका संरक्षक कन्हैयाकृष्ण श्रेष्ठ वनःले जानकारी दिए ।

विरागको जन्मदिनको अवसरमा माघ १५ गते हेटौंडामा आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?