
१६ मंसिर, काठमाडौं । सडकका आधा दर्जन ठेक्का अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई सडक विभाग, सडक डिभिजन सुर्खेतले कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
डिभिजन कार्यालयले निर्माण तथा मर्मत कार्यका लागि खरिद सम्झौता गरी तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित पत्राचार गरी ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै विभिन्न ६ वटा ठेक्का लिएका निर्माण व्यवसायीलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।
कार्यालयले गत बिहिबार ७ दिनको समय दिएर सम्झौता अनुसार काम सम्पन्न हुन नसक्ने कारणबारे स्पष्टीकरण दिन भनेको छ । चित्तबुझ्दो कारण भए लिखित स्पष्टीकरण, कार्य सम्पन्न गर्ने विश्वसनीय आधार र प्रतिबद्धता सहित संशोधित कार्यतालिका र आवश्यकता अनुसार अवधि थप गरिएको कार्य सम्पादन जमानत र बीमा संलग्न गरी पेस गर्न समेत भनिएको छ ।
त्यसरी तोकिएको समयभित्र स्पष्टीकरण नआए विभागले ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
यी हुन् विभागले ठेक्का तोड्ने चेतावनी दिएका आयोजना :
प्रतिक्रिया 4