+
+

मुसिकोट-१ को मतगणना वडामै गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १८:३१

१६ मंसिर, गुल्मी।गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् ।

रिक्त वडाध्यक्षपदका मतदानमा २ हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत रिषिराम घिमिरेले बताए ।

वडामा ४ हजार ५१ जना मतदाता रहेका थिए । अहिले सबै मतदान केन्द्रबाट मत पेटीका मतगणना हुने स्थल पौदीअमराई वडा कार्यालयमा ल्याइदैछ ।

मतपेटीकाहरु सवै ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना आजैदेखि सुरू गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । त्यसका लागि पनि गणनास्थल पौदीअमराईमा तयारी अवस्थामा राखिएको छ ।

वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको थियो ।वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?