
१६ मंसिर, काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२को मतगणना सुरू भएको छ ।
सर्वदलीय बैठकपछि हेटौंडा उपमहानगरपालिका-१२को मतगणना सुरू भएको हो ।
अहिले ९ वटा मतपेटिकामध्ये ५ वटा मतपेटिका खोलेर मतगणना सुरू गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
वडा नम्बर १२ का लागि वडाध्यक्षमा एमालेबाट ३८ वर्षीय राजेश नगरकोटी, कांग्रेसबाट ५२ वर्षीय अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रबाट रवि कुमार प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा वीर बल उम्मेदवार रहेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेम बहादुर भोलन र जनता समाजवादी पार्टीबाट छविलाल वाइवा रहेका उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4