
१६ मंसिर, गुल्मी। गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि भएको उप–निर्वाचनको मतगणना चलिरहेको छ।
पछिल्लो अपडेट अनुसर कांग्रेसबाट आनन्द श्रेष्ठले ५५० मत ल्याएका छन् । नेकपा एमालेबाट दलबहादुर थापाले ५२० मत ल्याएका छन् । ११ सय मतगणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार ३० मतले अगाडि छन्।
माओवादी केन्द्रबाट दुर्गाबहादुर बिकले ५९, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले २७ र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्रीले ४ मत प्रागरेका छन्।
मत गणना मुसिकोट नगरपालिकाको वडानम्बर–१ को पौदीअमराई स्थित कार्यालयमा चलिरहेको छ ।
वडाअध्यक्षका लागि ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् ।
वडामा २ हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत रिषिराम घिमिरेले बताए ।
४ हजार ५१ जना मतदाता रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4