+
+

सिरिजंगा-३ मा ४ मतले हारेकी एमालेकी कुमारीले लिइन् बदला

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ०:१९

१७ मंसिर, विराटनगर । ताप्लेजुडको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन् । ३ सय ५३ मतसहित उनी विजयी भएकी हुन् ।

कुमारी साउदेन अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले पराजित भएकी थिइन् ।

यो पटक सहज रुपमा विजयी भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार अम्बि साउदेन २ सय ५१ मत प्राप्त गरे । कांग्रेसका भीम लक्सम्बा लिम्बूले २ सय १८ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?