+
+

ग्रामथानको अध्यक्षमा माओवादीको अग्रता, रास्वपा चौथो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १:४३

१७ मंसिर, काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझी १ हजार १ सय ८१ मतसहित अगाडि छन् ।

उनलाई नेपाली कांग्रेसका बलराम सदार थारुले पछ्याइरहेका छन् । निर्वाचन आयोगका अनुसार उनले ९ सय २४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका तुलसी राम विश्वासले ४ सय ६९ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नविन कुमार विश्वास चौथो स्थानमा छन् । उनले
७९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?