+
+

हेटौंडा–१२ मा तेस्रो पटकको प्रयासमा कांग्रेसका तिवारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ३:१८

१७ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन तिवारी विजयी भएका छन् । २०७४ यता तेस्रो पटकको प्रयासमा उनले जित निकाले ।

आज सोमबार बिहान सवा ३ बजे सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार तिवारी २०६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानलाई ५०३ को फराकिलो मतान्तरले पराजित गरे । प्रधानले १५६० मत प्राप्त गरे । चुनावी प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका राजेश नगरकोटीले १३९८ मात्रै मत ल्याए ।

यसैगरी, १२ नम्बर वडाको उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेमबहादुर भ्लोनले १७८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशावीर बलले ८३ मत ल्याएका छन् ।

नेकपा (एकीकृत समाजवादीका)का बलराम बलले ७३ मत पाए । ७८ मत बदर भएको छ ।

तिवारी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा पनि १२ नम्बर वडाको वडा अध्यक्ष पदका उम्मेदवार थिए ।

उनी दुवै पटक दोस्रो भएका थिए । दुवै पटक नेकपा माओवादी केन्द्रका ललित घलानले वडा अध्यक्षमा जित हासिल गरेका थिए । गत ३० वैशाख ०७९ को निर्वाचनमा वडाध्यक्ष जितेर पनि जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख हुन गएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।

एमालेका नगरकोटी गत निर्वाचनमा पनि प्रतिस्पर्धी रहेर तेस्रो हुन पुगेका थिए । यसअघिको निर्वाचनमा घलानले एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए ।

तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका नगरकोटीले एक हजार ३२५ मत पाएका थिए । आइतबार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा ६८ दशमलव ८ प्रतिशत अर्थात ५ हजार ४ सय ८४ मत खसेको थियो ।

२०७९ मा भएको निर्वाचनपछि १२ नम्बर वडामा कुल ८ हजार ५३ मतदाता कायम गरिएको थियो । ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ६ हजार ४ सय ६५ मतदाता थिए ।

मतदान सकिएपछि मतपेटिका हेटौंडा–२ स्थित सिद्धार्थ माविमा ल्याएर मतगणना गरिएको थियो ।

यो वडामा कांग्रेसलले पहिलो पटक जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?