+
+

उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ३:३०

१७ मंसिर, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । माओवादी केन्द्रका उम्मेदवार नवीन कुमार बान्तावा राई ९ सय २३ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मी नाराण चौधरीले ६ सय ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका संजिव काफ्लेले३ सय ५९ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

यसअघि पनि यहाँ कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । कांग्रेसका चुडाराज काफ्ले ४ सय ३९ मत प्राप्त गर्दा त्यतिबेला एमालेका रमेश राउत क्षेत्री ४ सय ८ मतसहित दोस्रो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?