+
+

रौतहटको गढीमाई–८ को वडाध्यक्षमा एकीकृत समाजवादीको जित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ७:०७

१७ मंसिर, काठमाडौं । रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजवले २५८ मत प्राप्त गरे ।

०७९ को निर्वाचनमा यो वडामा जनता समाजवादी पार्टी, नेपालका रामाज्ञा राय यादवले जितेका थिए । त्यसबेला एकीकृत समाजवादीका बजरंगी तेस्रो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?