+
+

पूर्णिका बनिन् ‘फेस अफ क्लासिक डायमण्ड’ पाँचौं सिजनको विजेता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १२:५४

काठमाडौं । ‘फेस अफ क्लासिक डायमन्ड’को पाँचौं सिजनको विजेता घोषणा गरिएको छ । आइतबार बेलुका आयोजित फिनालेमा पूर्णिका सिंजापतिलाई विजेताको रुपमा चिनाइएको छ ।

स्मृति श्रेष्ठ उपविजेता र उरुषा भण्डारी सहविजेता बने । स्मृति श्रेष्ठले उत्कृष्ट वाकको उपाधि जितिन् । सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जित्न सफल भइन् ।

विजेताले डेढ लाख रुपैयाँसहित एक वर्ष क्लासिक डायमण्डको व्यावसायिक दूत बन्ने मौका पाउनेछन् । फस्ट रनरअपले एक लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

क्लासिक डायमन्डको फेसन र ज्वेलरी शो माघ ४ र ५ मा काठमाडौंमा आयोजना हुनेछ । सोही कार्यक्रममा विजेतालाई सम्मान र पुरस्कार प्रदान गरिने भएको छ ।

विजेता सिंजापतिलाई यसअघि केही ठूलो ब्यानरका फिल्मले समेत प्रस्ताव गरेका थिए । अनमोल केसीको पछिल्लो फिल्म ‘जेरी अन टप’मा उनले पनि अभिनय गर्ने चर्चा थियो । कलाकार हेरफेर हुँदा उनी बाहिरिइन् ।

‘फेस अफ क्लासिक डायमन्ड’को कुरा गर्दा देशभरबाट अडिसनमा छानिएका २६ मोडललाई एक महिना तालिम दिएर प्रतियोगितामा सहभागी गराइएको थियो । जसमध्ये उत्कृष्ट पाँचलाई फाइनलका लागि छनोट गरी विजेता घोषणा गरिएको हो ।

प्रतियोगिताको निर्णायक प्यानलमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, मोडल सविता कार्की, भारतीय सुपरमोडल दीप्ति गुजराल र कोरियोग्राफर रेहान शाह थिए ।

क्लासिक डायमन्डका अध्यक्ष बाबुराजा महर्जनले नेपालको फेसन र मोडलिङ क्षेत्रमा नयाँ प्रतिभा भित्र्याउन र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन प्रतियोगिताले योगदान पुर्‍याउँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?