+
+

पशुपति क्षेत्रको सडकपेटीमा महिला मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १४:५७

१७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार नामथर, वतन नखुलेकी अन्दाजी ३५/३६ वर्षीया महिला मृत फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।

मृत महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकोले शवको सनाखत समेत हुन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?