+
+

संगीतमार्फत महिनावारीमा हुने विभेदविरुद्ध लड्ने गायिकाहरूको अठोट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १६:५९

काठमाडौं । महिनावारीलाई लिएर हुने भेदभाव अन्त्य गर्न संगीत प्रभावकारी माध्यम हुने गायिकाहरूले बताएका छन् । आयोजित अभिमुखीकरण गोष्ठीमा उनीहरुले सचेतना प्रदान गर्न संगीत महत्वपूर्ण हुने बताए ।

‘महिनावारी मेरो मात्रै होइन, तपाईं हामी सबैको सवाल हो’ भन्ने नारासहित गायिकामाझ छलफल चलाइएको थियो । उनीहरुले संगीतमार्फत महिनावारीको समयमा हुने भेदभाव अन्त्य गर्न भूमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

उक्त गोष्ठीमा सचेतना प्रदानको लागि गीतसंगीत बनाउन सकिनेबारे छलफल समेत भएको थियो । गोष्ठीको आयोजक संस्था महिनावारी स्वच्छता साझेदार सञ्जाल (एमएचएमपीए)ले महिनावारी र छाउपडीजस्ता विभेद हुने किसिमका व्यवहार अन्त्य गर्न कलाकारिता प्रभावकारी हुने बताएको छ ।

उक्त संस्थाकी सद्भावना दूत समेत रहेकी गायिका रेखा जोशीले महिनावारीलाई मर्यादित बनाउन कथा र गीतसंगीतको निर्माण हुनुपर्ने बताइन् । उक्त अवसरका गायिकाले यसबारे आफ्नो धारणा राखे ।

उक्त अवसरमा गायिका टीका सानु, गौरी भट्ट, काजल जोशी, शोभा थापा, पूजा देवकोटा, संगीता बडुवाल, कल्पना मल्ल, सपना शाही, सुस्मिता कुवँर, निरुता खत्री, निरुता कुवँर लगायत सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?