+
+

कीर्तिपुरको मतगणना अन्तिम चरणमा, एउटा वडा गन्न बाँकी हुँदा कसको कति?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २०:१४

१७ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार १० मध्ये ९ वटा वडाको गणना सकिएको छ ।

अहिले वडा नम्बर १० को गणना भइरहेको छ ।

निर्वाचन अधिकृत कार्कीले दिएको विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४ हजार ७ सय ६८ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ३ हजार ६ सय ६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जनले ३ हजार ३ सय २७ मत प्राप्त गरेका छन् ।

कीर्तिपुरको उपचनुवलाई दलहरूले प्रतिष्ठाको विषय बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?