+
+

कीर्तिपुरमा एमालेलाई माओवादीले उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २०:५३

१७ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई पछि पारेको छ ।

नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरलाई पछि पार्दै माओवादी उम्मेदवार प्रा.डा शिवशरण महर्जन अघि लागेका हुन् ।

निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार एमालेका मानन्धरले ३ हजार ९ सय ९७ मत प्राप्त गरेका छन् भने माओवादीका महर्जनले ४ हजार १ सय १९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल भने ५ हजार ६९ मतसहित अग्रता कायम राखेका छन् ।

यहाँ यसअघि एमालेका मानन्धर महर्जनभन्दा अघि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?