+

विजयी सुरूवात गर्ने सुदूरपश्चिमको लक्ष्य, हारपछिको जित खोज्दै विराटनगर

२०८१ मंसिर  १८ गते ६:३१ २०८१ मंसिर १८ गते ६:३१
विजयी सुरूवात गर्ने सुदूरपश्चिमको लक्ष्य, हारपछिको जित खोज्दै विराटनगर

१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेल खेल्न लागेको विराटनगर उद्घटान खेलमै जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । उता सुदूरपश्चिम रोएल्स लिगमा आफ्नो पहिलो खेल खेल्दैछ ।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ भने दीपेन्द्र सिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम मैदानमा उत्रनेछ । पहिलो खेलमा पराजित भएको विराटनगर  जितको खोजीमा छ भने सुदूरपश्चिम पनि सुखद सुरुवात गर्न चाहन्छ ।

पहिलो खेलमा विराटनगरका लागि न्युजिल्याण्डका स्टार मार्टिन गप्टिलले अर्धशतक बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । बलिङमा पनि खासै राम्रो गर्न नसक्दा जनकपुर बोल्ट्ससँग सहजै पराजित भएको थियो ।

मार्टिन गप्टिलसँगै विराटनगरमा ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल पनि छन् । सन्दीप लामिछानेसँगै नेपालका लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया अनिल खरेल जस्ता खेलाडी छन् ।

पहिलो खेलमा हार व्यहोरेपछि विराटनगरका प्रशिक्षक केभिन ओ ब्रायनले पहिलो खेलका गल्तीहरूबाट पाठ सिकेर अबका खेलहरूमा राम्रो गर्दै जाने बताएका छन् । ‘हामील चाहेजस्तो नतिजा पहिलो खेलमा आएन, तर हामीले धेरै कुराहरू सिकेका छौं । अब कमजोर पक्ष सुधार गर्दै आगामी खेलहरूमा राम्रो प्रदर्शन गर्ने मुख्य लक्ष्य हुनेछ’ उनले भने ।

उता सुदूरपश्चिमको टिममा कप्तान र मुख्य प्रशिक्षक देखि धेरै खेलाडी आफ्नै क्षेत्रका छन् । नेपालका सफल प्रशिक्षक जगत टमाटा सुदूरपश्चिमको प्रशिक्षक छन् । यसैगरी खेलाडीमा कप्तान दीपेन्द्र बाहेक विनोद भण्डारी, नरेन साउद, भोजराज भट्ट, हाल क्यानडामा बसेर उतै क्रिकेट खेल्ने नरेश बुढाएर, खडग बोहरा र बसन्त खत्री छन् । यस बाहेक सुदूरपश्चिम बाहिकरा आरिफ शेख अर्जुन कुमाल अमित श्रेष्ठ इशान पाण्डे जस्ता खेलाडी छन् ।

तर अर्जुन कुमाल र नरेन सायद हाल यू१९ एसिया कप खेल्न युएईमा रहेकोले एनपीएलको पहिलो खेलमा उपलब्ध हुने छैनन् ।

सुदूरको विदेशी खेलाडीमा नेपालमा चर्चित रोहन मुस्ताफा, न्युजिल्याण्डकै स्कट कुगेलेइन, स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन र इंग्ल्याण्डका सैफ अली जैब छन् ।

मुख्य स्पीनर नभएपनि कप्तान दीपेन्द्रसहित मुस्ताफा र सैफ अद्यी जैबले स्पीन बलिङ गर्नुका साथै अलराउण्डको भूमिका खेल्नेछन् । यस्तै पेस बलिङमा आईपीएल खेलिसकेका स्कट कुगेलेइन र नेपालका अविनाश बोहरा छन् । आरिफ शेखले पनि पार्ट टाइम मिडियम पेस बलिङ गर्छन् ।

खेल : सुदूरपश्चिम रोएल्स भर्सेस विराटनगर किंग्स

मिति र समय : १८ मंसिर बिहान ९ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

विराटनगर किंग्स सम्भावित ११ : मार्टिन गप्टिल, लोकेश बम, आकिब इल्यास, निकोलस किर्टोन, बसिर अहमद, राजेश पुलामी, प्रतिश जिसी, सन्दीप लामिछाने, क्रिस सोल, अनिल खरेल, जितेन्द्र मुखिया, सुबास भण्डारी

सुदूरपश्चिम सम्भावित ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहन मुस्तफा, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, भोजराज भट्ट

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय