+
+

माउन्टेन इनर्जीको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १०:२४

१८ मंसिर, काठमाडौं । माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

कम्पनीले सो लाभांशका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले बोनस सेयर पाउने छन् । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?