
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले अनलाइनखबरलाई जानकारी दिए ।
‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी छ’, एआईजी थापाले भने । सोमबार पक्राउ परेका भारतीय नागरिक सुमन घोस् र अमित यादव रहेका छन् ।
एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4