
१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका शहीदहरूको स्मारकमा श्रद्धाञ्जली प्रकट गरेका छन् ।
बेइजिङको तियानमेनस्क्वायरमा रहेको स्मारकमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पहारसहित श्रद्धाञ्जली व्यक्त गरेको उनको सचिवालयले बताएको छ ।
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेका थिए ।
उनले मंगलबार बिहान समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता गरेका छन् । सो अवसरमा दुई देशबीच विभिन्न ९ बुँदामा सहमति र समझदारी भएको छ ।
प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्देछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4