+
+

एनपीएलमा बेटिङ गराएको आरोपमा पक्राउ पर्ने ४ व्यक्ति भारतीय नागरिक

चारै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १५:५०

१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा पक्राउ परेका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

सोमबार दुई र मंसिर दुई गरी कीर्तिपुरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका चारै जना भारतीय नागरिक रहेको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।

सीआईबीले सोमबार भारतको कोलकत्ता बाह्रसान बवुनगाद्धी घर भएका २४ वर्षीय सुमन धोष र भारतको उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादवलाई त्रिविस्थित क्रिकेट मैदानबाट पक्राउ गरेको थियो ।

सोही ठाउँबाट मंगलबार भारत बिहार सहरसा वार्ड–२ खबरीका २७ वर्षीय सुमन्त कुमार र सहरसा हरंसरीका ३० वर्षीय ब्रेजेश कुमारलाई सीआईबीले पक्राउ गरेको छ ।

उनीहरुबाट विभिन्न कम्पनीका ६ थान मोबाइल र चार थान भारतीय आधारकार्ड समेत बरामद भएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको एसपी बोगटीले बताउ । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

एनपीएल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?