+
+

महालक्ष्मी विकास बैंकले बाँड्यो अपाङ्‍गता भएका व्याक्तिलाई सेतो छडी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १८:४१

काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले अपाङ्‍गता भएका व्याक्तिहरूलाई सेतो छडी वितरण गरेको छ ।

दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अपाङ्‍गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्‍गता भएका तथा दृष्टिविहीनहरूलाई सहयोग गर्ने उद्देश्यले सेतो छडी लगायत उपकरण वितरण गरिएको हो ।

अपाङ्‍गता दिवसकै अवसरमा बैंकले दरबारमार्ग शाखालाई अपाङ्‍गता मैत्री शाखाको रूपमा विकास गर्न प्रयास गर्ने बताएको छ ।

अपाङ्‍गता भएका व्यक्तिलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रूपमा खटाइएको बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?