+

यू-१९ एसिया कपमा नेपालको सान्त्वना जित, अफगानिस्तान एक विकेटले पराजित

२०८१ मंसिर  १८ गते १९:०९ २०८१ मंसिर १८ गते १९:०९
यू-१९ एसिया कपमा नेपालको सान्त्वना जित, अफगानिस्तान एक विकेटले पराजित

१८ मंसिर, काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको हो ।

अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१ रन बनाए । कप्तान हेमन्त धामी २२ रनमा नटआउट रहे ।

८५ रनमा ८ विकेट गएपछि क्रिजमा आएका हेमन्तले चौका प्रहार गरी खेल जिताए । अफगानिस्तानका अलाह गजनफर र खतिर स्टानिकजाइले ३-३ विकेट लिए भने अब्दुल अजिज र महबुब खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३५.४ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो । उसका फेसल शिनोजादाले सर्वाधिक ५२ रन बनाए । नेपालका सन्तोष यादव र युनिश ठकुरीले ३-३ विकेट लिए भने हेमन्त धामी र अभिषेक तिवारीले २-२ विकेट लिए ।

नेपाल र अफगानिस्तान यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

एसिसी यू-१९ एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय