+
+

विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते ११:२१

१९ मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल अघि बढाउँदैछ । बुधबार समितिले विधेयकमाथि छलफल राखेको छ । जहाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई आमन्त्रण गरिएको छ ।

बैठक समितिको सचिवालय सिंहदरवारमा दिउँसो १ बजे बस्नेछ ।

समिति सचिवालयका अनुसार विधेयकमाथि संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरूसँग एकसरो छलफल सकिएको छ । अब दफावार छलफल अगाडि बढाउने तयारी छ । यसका लागि बुधबार बैठम राखिएको हो ।

विद्यालय शिक्षा विधेयक २५ असोज २०८० देखि संसदमा विचाराधीन छ । सांसदहरूले १५२ समूहमा एक हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । संशोधनकर्ता सांसदहरुको प्रस्ताव समेतका आधारमा अब विधेयकमाथि दफावार छलफल सुरु गर्ने शिक्षा समितिको तयारी छ ।

मंगलबार मात्रै पनि सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकमाथि छलफल अगाडि बढाउन समिति सभापति अम्मबरबहादुर थापालाई भनेका थिए । राजनीतिक सहमति आवश्यक भए त्यसका लागि समेत पहल गर्न र राजनीतिक रुपमा सहमति गर्नुपर्ने विषय पहिचान गरेर आफूलाई समेत दिन सभामुख घिमिरेको आग्रह छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?