
काठमाडौं । टिकटकको नेपाल ट्रेन्डिङमा पछिल्लो साता ४ गीतको वर्चस्व देखिएको छ । टिकटकले सोमबारसम्म नेपाली गीतहरूको ट्रेन्डिङ अपडेट गरेको छ ।
जसमा यसअघि युट्युवको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भैसकेका दुई गीत ‘रुकुम मैकोट’ र ‘बार्दली’ टिकटकमा ट्रेन्डिङमा छन् । यी गीतमाथि सबैभन्दा धेरै भिडियो निर्माण भएको टिकटकले जनाएको छ ।
फिल्म ‘खुस्मा’मा समावेश गीत ‘रुकुम मैकोट’का दुई क्लिप ‘कम्मरैमा पटुकी कसेर’ र ‘मुसुमुसु हाँसेकी बसेर’ ट्रेन्डिङमा छन् । यो गीतले डेढ महिना युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भएर समेत रेकर्ड राखेको थियो ।
दोस्रो स्थानमा सुशान्त केसीको पछिल्लो भाइरल गीत ‘बार्दली’ छ । ‘हल्लियो लचक लचक त्यो कम्मर हे’ र ‘लैजाऊ है लैजाऊ माया’ क्लिपमा यो गीतमाथि हजारौं टिकटक भिडियो बनेका छन् ।
सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’को चर्चित गीत ‘रैया चाँदीको’ गीत ट्रेन्डिङमा छ । आशिष अविरलद्वारा संगीतबद्ध गीतको क्लिप ‘नटासिए खुदोमा मौरी झैं’माथि हजारौं भिडियो बनेका छन् र गति रोकिने क्रममा छैन ।
टिकटकको यो ट्रेन्डिङले विजय बराल स्टारर फिल्मलाई पनि बक्सअफिसमा मद्दत मिलेको अपेक्षा गरिएको छ । कृष्ण बिके र शान्तिश्री परियारको गीत ‘बाडुल्की लाउन्या’ चौंथो स्थानमा छ । ‘राधा पियारी’ बोलको यो गीत पनि टिकटकमा निकै रुचाइएको छ ।
कृष्ण बिके र शान्तिश्री परियारको गीत ‘बाडुल्की लाउन्या’ राधा पियारी’ त्यसपछि रुचाइने गीतमा छन् । यीबाहेक अन्य गीत पनि ट्रेन्डिङमा छन् जसमाथि भिडियो बन्ने क्रम जारी छ । टिकटकले केही दिन बिराएर ट्रेन्डिङमा रहेका गीतहरु दर्शाउँछ, जसमध्ये पछिल्लो समय प्रस्तुत ४ गीतको वर्चस्व देखिन्छ ।
प्रतिक्रिया 4