+

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ७० प्रतिशत पास

२०८१ मंसिर  २० गते १६:२५ २०८१ मंसिर २० गते १६:२५
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ७० प्रतिशत पास

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ । शुक्रबार भएको विशेषज्ञ परीक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन् ।

काउन्सिल रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षाका लागि २५० जनाले फारम भएका थिए । तर २४८ जना मात्रै सहभागी भएका थिए । त्यसमध्ये १७५ जना उत्तीर्ण भएका छन् । ७२ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा विथहोल्डमा राखिएको छ ।

चिकित्सा शिक्षातर्फको विभिन्न २८ विषयमा स्नातकोत्तर गरेका चिकित्सक सहभागी थिए । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा बिहान ११ बजेदेखि १ बजेसम्म भएको परीक्षा चलेको थियो । काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योगका लागि १५ सय रुपैयाँ दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्नेछन् ।

विशेषज्ञ दर्ता प्रमाणपत्र वितरणका लागि परीक्षामा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र सक्कल प्रमाणपत्र रुजु गरिने काउन्सिलले जनाएको छ । प्रमाणपत्र लिन तोकिएका सबै प्रमाणपत्रसहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्नेछ ।

लाइसेन्स परीक्षा विशेषज्ञ चिकित्सक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

जाडोमा रुघाखोकी निको पार्ने घरेलु उपाय

जाडोमा रुघाखोकी निको पार्ने घरेलु उपाय

‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)

‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्न कस्तो नीति ?

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्न कस्तो नीति ?

नवजात शिशु स्याहार्ने ७ परम्परागत उपाय हानिकारक पनि हुनसक्छ

नवजात शिशु स्याहार्ने ७ परम्परागत उपाय हानिकारक पनि हुनसक्छ

३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुख क्यान्सर परीक्षण गरिने

३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुख क्यान्सर परीक्षण गरिने