+
+

बीआरआईबाट भारत तर्सनुपर्दैन : महासेठ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १७:४०

२१ मंसिर, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बीआरआई) मा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले बीआरआई परियोजनाबाट नेपालको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताए ।

‘बीआरआईबाट भारत तर्सनुपर्ने काम छैन । नेपालमा कनेक्टिभिटिको विकास भयो भने नेपालको बाटो भारतले प्रयोग गर्न मिल्दैन र ?,’ उनले भने, ‘नेपालले जसरी रेल बनाएका छौं । काठमाडौं केरुङ र काठमाडौं रक्सौल उहाँहरू नै सहयोगी हुनुहुन्थ्यो । हाम्रो पालामा सम्झौता भएको हो । त्यो रेल बन्यो भने भारतले महिना दिन लगाएर सामान ल्याउँछ ।’

साथै, उनले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल बन्दै गर्दा सबैभन्दा बढी फाइदा भारतलाई हुने दाबीसमेत गरे । केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल तथा सडक पूर्वाधार बन्दा चीनबाट भारतले महिना दिन लगाएर ल्याउने सामान एक दिनमा भारत पुर्‍याउनसक्ने बताए ।

‘नेपाल–चीन रेल र सडक मार्ग बन्दा एक दिनमा चीनबाट भारत पुग्छ । त्यसैले भारत पनि बिआरआईबाट तर्सनु हुँदैन । नेपालमा के भइरहेको छ । नेपालमा हामी बिआरआई होस् वा अन्य कुनै परियोजना होस् । भारत बिरोधी भावनाले प्रेरित योजना स्वीकार गर्दैनौं । तर बिआरआई फ्रेर्मवक परियोजना त्यस्तो छैन,’ उनले भने ।

नेपाल सरकारले चीनसँग बीआरआई परियोजनामा हस्ताक्षर गरेसँगै विकासको ढोका खुलेको उनको दाबी थियो ।

बीआरआई फ्रेमवर्कमा बन्ने सडक पूर्वाधारहरूमा अझै ओलाङ्चुङगोला, तमोर लगायतका आयोजनाहरु समावेश गरिन बाँकी रहेको उनले बताए ।

उनले बिआरआईभित्र ऋण र सहयोग केही पनि नपर्ने उनले दाबी गरे । आफू परराष्ट्रमन्त्री हुँदा बीआरआईको विषयमा अध्ययन गर्दा कतैपनि ऋण र सहायता उल्लेख नभएको दाबी उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?