+
+

हवाई दुर्घटना अनुसन्धान गर्न स्थायी आयोग बन्दैछः मन्त्री पाण्डे

रासस रासस
२०८१ मंसिर २२ गते १४:४८
फाइल फोटो

२२ मंसिर, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताए ।

मन्त्री पाण्डेले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको उल्लेख गर्दै  हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिए ।

यस वर्ष ‘दिगो भविष्यः आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?