+
+

कैलालीमा एक करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

भारतबाट आउँदै गरेका उनीहरूलाई जाँचका क्रममा सशस्त्र प्रहरीले सुनचाँदी र नगदसहित नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते ७:२३

२३ मंसिर, काठमाडौं । कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् ।

भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा  इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१  का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी ) पगियापसारले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई  जाँच गर्दा  ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम  सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी,  विभिन्न दरका ६ लाख ११ हजार ६२५  भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न  किसिमका चार  थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?