
२३ मंसिर, काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङको धुनिवेशी नगरपालिका-२ घर भइ काठमाडौंको नागार्जुन बस्दै आएका ४२ वर्षीय गोरे तामाङ र काठमाडौंको बिजेश्वरी घर भएका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।
श्रेष्ठले मोटरसाइकल चलाउने र त्यसको पछाडि बसेर तामाङले सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । २० मंसिरको दिउँसो १२ बजेतिर नागार्जुनको टौखलमा ७२ वर्षीया मैया बुढाथोकीको सिक्री उनीहरुले लुटेको आरोप छ ।
बुढाथोकीको गलामा लगाएको २ तोलाको सुनको सिक्री उनीहरुले थुतेर भागेका थिए । पक्राउ परेकाहरुविरुद्ध प्रहरी स्वयम्भूले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4