+
+

एम्बुलेन्समा लागु औषध तस्करी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १८:०१

२३ मंसिर, काठमाडौं । बिरामी बोक्ने एम्बुलेन्समार्फत् लागु औषध तस्करी गरेको आरोपमा प्रहरीले एम्बुलेन्ससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–६ हरिपुरका ४४ वर्षीय सुरेश मिझार छन् । उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेको हो ।

झ १ च १९८० नम्बरको एम्बुलेन्समा लागु औषध ओसारपसार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । २० मंसिरको राति ९ बजेतिर रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले जाँच गर्दा एम्बुलेन्समा लागु औषध भेटेको थियो ।

बर्दिबासबाट काठमाडौं आउँदै गरेको उक्त एम्बुलेन्समा विभिन्न औषधीजन्य लागु औषधहरू ओसारिएको थियो । उक्त एम्बुलेन्सबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको छ । पक्राउ परेका मिझारविरुद्ध लागु औषधको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?