+
+

दुई दशकमा एसियाली फेसन अपरिहार्य बन्नेछ : प्रबल गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १८:४०

काठमाडौं । विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङले आगामी दुई दशकमा एसियाली फेसन अपरिहार्य रहेको बताएका छन् । हङकङमा आयोजित फेसन एसियाको ‘फेसनका चुनौतीहरू’ विषयक छलफल सत्रमा बोल्दै उनले उक्त कुरा बताए ।

‘एसियाली फेसनको भविष्यबारे म आशावादी छु’ सत्रमा उनले भने, ‘आगामी दुई दशकभित्र एसियातर्फको परिवार अपरिहार्य छ ।’ सो अवसरमा कथा भन्ने वैकल्पिक माध्यमबारे छलफल गर्दै उनले मानिसले आफ्नो सफलतालाई आफ्नै परिभाषा अनुसार बाँच्नुपर्ने भन्दै प्रोत्साहित गरे ।

विश्वका विभिन्न भागबाट सिर्जनालाई बलियो बनाउन ‘क्रान्तिकारी र समावेशी फेसन उद्योगको निर्माण’ गर्नेहरूलाई शीर्ष स्थानमा देख्न आफूले चाहेको उनले बताए । ‘मलाई लाग्छ कि जोसँग शक्ति, पहुँच र पूर्वाधार छ, उनीहरुले यसबाट फाइदा लिइरहेका छन् । तर यसलाई प्रतिबिम्बित गर्न र सोच्ने कुरामा उनीहरुले सहयोग गरिरहेका छैनन्’, उनी यसलाई नैतिक प्रश्नको रुपमा हेर्छन्, ‘यी मुलुक उनीहरुका लागि पैसा मात्र दिने माध्यम बन्न सक्दैनन् ।’

१४ वर्षअघि अमेरिकाको न्युयोर्कमा पीजी फेसन ब्रान्ड लन्च गरेयता गुरुङ एसियाली फेसनको प्रमुख आवाज बनेका छन् । उनी द काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाका उपाध्यक्ष समेत हुन् ।

अर्का चर्चित एसियाली फेसन डिजाइनर फिलिप लिमले पनि उक्त अवसरमा विश्व फेसनले भोगिरहेको चुनौतीबारे चर्चा गरेका थिए । ‘फेसनमा सम्भावना असीमित छ’, उनी स्पष्टसँग भन्छन्, ‘उद्योगमा धेरै एसियाली डिजाइनर भए पनि हामी अझै पनि ठूला घरहरूमा एसियाली छैनन् भन्ने तथ्यसँग व्यवहार गरिरहेका छौं ।’

लिमले दुई दशकअघि न्युयोर्कमा व्यवसाय थालेपछि उनले आफूलाई एसियाली-अमेरिकी लहरको एक हिस्साको रुपमा फेला पारे, जसले फेसन उद्योगमा आँधी ल्यायो ।

‘यसले अमेरिकी फेसन उद्योगलाई परिवर्तन गर्‍यो । हामी अमेरिकी फेसन इतिहासको हिस्सा बन्यौं र आजसम्म पनि । हामी अझै पनि त्यहाँ छौं । तर फेसन भनेको गतिशील छ । यो अघि सर्छ र सरिरहन्छ । वास्तवमा यसमा कुनै पनि कुराको सुनिश्चितता छैन’, फेसन एसियाको छलफल सत्रमा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?