+
+

हवाई र स्थलमार्गबाट आउने पर्यटकका समस्या पहिल्याउँदै छौं : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १३:१५

२३ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई र स्थलमार्गबाट आउने पर्यटकले भोग्नुपरेका समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन् ।

कैलाली धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीतिबारे सरकार र निजी क्षेत्रबीचको छलफल तथा अन्तर्क्रियामा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

‘सडक मार्गका पूर्वाधार समेत सहज बनाउन पर्ने देखिन्छ । प्रत्येक पर्यटकले हवाई र सडक यातायातबाट सास्ती बेहोर्नुपर्ने समस्या अन्त्य हुनुपर्छ,’ मन्त्री पाण्डेले भने ।

उनले हवाई र स्थलमार्गबाट आउने पर्यटकको समस्या पहिचान गरी त्यसको समाधानका लागि अन्तरमन्त्रालय छलफल भइरहेको बताए ।

विविधतापूर्ण संस्कृति र प्राकृतिक विविधताका दृष्टिकोणले समेत भरिपूर्ण रहेको स्मरण गर्दै उनले सुदूरपश्चिम देवहरूको भूमि रहेकाले यहाँको महत्त्व निकै बढेको समेत बताए ।

मन्त्री पाण्डेले सुदूरपश्चिम जल, जंगल र जडीबुटी लगायत पर्यटकीय क्षेत्रका दृष्टिकोणले निकै माथि रहेको समेत प्रष्ट पारे ।

उनले यस क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने बताउँदै सुदूरपश्चिमलाई कैलाश मानसरोवर जोड्न सके फाइदा पुग्ने बताए ।

उनले धार्मिक, पर्यटकीय दृष्टिकोणले भारतीय पर्यटक भित्र्याउन सकेको अवस्थामा मात्रै ठूलो लाभ लिन सकिने विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डेले बर्दीया ठाकुरद्वारामा आगामी दिनमा हुने विषयगत समिति बैठकमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई समेत सहभागी हुन आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?