+
+

आईएमई पेको ‘लोड, पे, विन’ अफरमा १०० प्रतिशत क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १२:४०

काठमाडौं ।  नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले ‘लोड, पे, विन’ नामक योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत आईएमई पे  प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आईएमई पे एपमा पैसा लोड गर्न  र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

२० मंसिरदेखि २० पुससम्म  चल्ने यस योजनामा आईएमई पेका सेवाग्राहीले विभिन्न माध्यमबाट आईएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले १ हजार रुपैयाँ बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधिभरि आईएमई पेबाट गरेको कुल कारोबार  खर्चको १०० प्रतिशत नै  क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताले आईएमई पे एपमा लिंक गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’, कनेक्ट आईपीएस, ई/एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आईएमई पे एपमा पैसा लोड गर्न  सक्नेछन् ।

यस योजनामा सहभागी हुन प्रयोगकर्ताले कम्तीमा १ हजार रुपैयाँ आईएमई पेमा  लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरूको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनु पर्दछ ।

बम्पर विजेताहरूले कुल कारोबार  खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १० हजार रुपैयाँसम्म  प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?